२५ बैशाख, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।
यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक / दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। दिउसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक / दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका हिमाली भू-भागका एक / दुई स्थानमा वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ।आज राति देशका पहाडी भू-भागका एक / दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमाली भूभागका एक / दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।