२५ बैशाख, काठमाडौं । मकवानपुरको हेटौंंडा उपमहानगरपालिका-१६ र १७ को सिमानामा पर्ने गैरीगाउँको सडकमा बैशाख १९ गते बलेरो जिप भासिएर बेपत्ता भएको घटना अध्ययनका लागि पुगेको टोली काठमाडौं फर्किएको छ ।
भूगर्भविद्हरुको टोलीले जिप भासिएको स्थान वरिपरि बोरिङ गरेको पानी सङ्कलन गरी ल्याब परीक्षणका लागि लिएर काठमाडौं फर्किएको हो ।
टोली प्रमुख नारायण अधिकारीले त्यो स्थानवरिपरिको जमिनको अवस्था झन् भासिँदै गएकाले अनुसन्धान कार्यमा अवरोध देखिएकाले पानीको ल्याब परीक्षणबाट आएको ‘रिपोर्ट’ अनुसार दोस्रो चरणको अनुसन्धान र खोजतलास गर्ने कार्यलाई तीव्रता दिइने बताए ।
टोलीले मंगलबार र उक्त स्थान वरिपरि खोजतलास गरिए पनि हालसम्म जिप फेला पार्न नसकिएको बताइएको छ ।