|  

पाकिस्तानका प्रधानमन्त्रीले भनेः हामी ठाउँ र समय छनोट गरेपछि आक्रमण गर्नेछौँ

२५ बैशाख, काठमाडौं । भारतले आफ्नो देशमा गरेको हवाई आक्रमणलाई पाकिस्तानले ‘युद्धको कार्य’ भनेको छ । पाकिस्तानले भारतसँग बदला लिने दाबी समेत गरेको छ ।

पाकिस्तानले भनेको छ, ‘हामी ठाउँ र समय छनोट गरेपछि आक्रमण गर्नेछौँ ।’ प्रधानमन्त्री शाहबाज शरीफले बुधबार पाकिस्तानको संसद्मा भारतले कायरतापूर्ण आक्रमण गरेको बताएका छन् ।

अप्रिल २२ मा पहलगाममा भएको आक्रमणमा पाकिस्तानको कुनै सम्बन्ध नरहेको उनले फेरि दाबी गरे ।उनले भारतको कारबाहीमा पाकिस्तानले जित हासिल गरेको पनि जिकिर गरे ।

यस आक्रमणको जवाफमा पाकिस्तानले कारबाही गर्दा ५ वटा भारतीय लडाकु विमान खसालेको उनको भनाई छ ।