२५ बैशाख, काठमाडौं । अमेरिकाले भारत र पाकिस्तान बीचको युद्धलाई ‘निकट नजर’राखेको बताएको छ ।
‘अमेरिकी अधिकारीहरू दुवै पक्षसँग सम्पर्कमा छन् र दक्षिण एसियामा दीर्घकालीन शान्ति र क्षेत्रीय स्थिरता कायम राख्ने जिम्मेवार समाधानतर्फ काम गर्न आग्रह गर्छन्,’विदेश मन्त्रालयका प्रवक्ताले भने।
यसअघि, विदेश मन्त्रालयलाई कभर गर्ने बीबीसी संवाददाता टम बेटम्यानले पाकिस्तानमाथि भारतीय आक्रमणपछि अमेरिकाले संयम अपनाउन स्पष्ट अपील नगर्नुले पछिल्ला केही वर्षहरूमा अमेरिका र भारतबीचको सम्बन्ध बलियो भएको देखाउने बताएका थिए। जबकि पाकिस्तान तुलनात्मक रूपमा एक्लो रहेको छ।