२५ बैशाख, काठमाडौं । भारतले पाकिस्तानमा आक्रमण गरेपछि पञ्जाबका केही गाउँका मानिसहरूले आफ्नो घर खाली गर्न थालेका छन् ।
मानिसहरू आफ्ना सामान ट्रयाक्टर–ट्रलीमा लोड गर्दै सीमाबाट टाढाका गाउँ वा आफन्तको घरतिर जान लागेका हुन् । तर, प्रत्येक परिवारबाट एक वा दुई जना आफ्नो घर, सम्पत्ति र जग्गाको सुरक्षा गर्न त्यहाँ बस्नेछन् ।
फिरोजपुर जिल्लाको हुसैनीवाला सीमा नजिकै करिब १२ देखि १४ गाउँहरू छन्। ती गाउँ भारत–पाकिस्तान सीमासँग सिधै जोडिएका छन्।