२५ बैशाख, काठमाडौं । हवाई आक्रमणपछि भारत र पाकिस्तानमा करिब ५५० उडान रद्द गरिएका छन् ।
रियल–टाइम उडान ट्र्याकिङ सेवा फ्लाइटराडार २४ को तथ्याङ्क अनुसार हवाई हमलापछि पाकिस्तानमा १६ प्रतिशत र भारतमा ३ प्रतिशत निर्धारित व्यावसायिक उडान रद्द गरिएका छन् ।
फ्लाइटराडार–२४ का अनुसार पाकिस्तानमा १३५ उडान रद्द गरिएका छन् भने भारतमा ४१७ निर्धारित उडान रद्द गरिएका छन्।