२५ बैशाख, काठमाडौं । विपिन देव- इतिहासको हरेक आरोह र अवरोहमा भारत पाकिस्तान सम्बन्ध असज नै रहेको छ । भारत विभाजन हुनलार्य नै इतिहासकारहरूले दुर्घटनाको संज्ञा दिएका थिए ।
भारत विभाजन नै धर्मको आधारमा भएको थियो । पाकिस्तानका जन्म दाता जिन्हा “टु् नेशन थियोरी” को प्रस्तावना राखेका थिए । “टु नेशन थियोरी” अनुसार हिन्दु र मुशलमान पृथक धर्म र संस्कृतिको सम्वाहक भएको कारणले धर्मको आधारम नै राष्ट्र निर्माण गर्नु पर्दछ भने जिन्हाको आग्रह थियो । हुनतः जिन्हाको प्रस्तावनालाई स्वतन्त्रता संग्रामका नेताहरूले प्रतिवाद गरेका थिए ।
धर्मको आधारमा राष्ट्रलाई विभाजन गर्ने हो भने भारतको प्रत्येक गाउ‘लाई विभाजन गर्नु पर्दछ भने पण्डित नेहरुको तर्क रहेको छ । महात्मा गान्धीको भारत हस्तक्षेप हुंदा हुंदै पनि धर्मको आधारमा पाकिस्तानको जन्म भयो । सन् १९४७ मा स्वतन्त्रता प्राप्त गरे उपरान्त नै भारत र पाकिस्तान विच युद्ध हुन गयो । सन् १९४७ पश्चात भारत पाकिस्तान विच सन् १९६५ मा समेत युद्ध हुन गयो । प्रजातान्त्रिक पद्धतिलाई आत्मसाथ गर्दै भारत विकास र प्रगतिको मार्गमा अगाडी बढ्यो भने पाकिस्तानमा प्रजातन्त्र अंकुरित भएन ।
प्रजातन्त्र फलिभूत नहुनुको कारण पाकिस्तानको सैन्य सत्ता रहेको थियो । पाकिस्तानको राजनीतिले इतिहासको विरासतलाई मानमर्दन गर्दै इश्लामिकरणलार्य राष्ट्रको मुख्य भाष्य बनाए । पाकिस्तानले गान्धी, नेहरु र मौलाना अजादको संघर्ष र सिद्धान्तलाई आर्दश मानेर अगाडी बढ्न जमर्को गरेन । इश्लामिकरणको नाममा समाजमा धर्मगुरूहरूको दवदवा बढ्न सुरू भयो । पाकिस्तान भित्र नै विभेदको विउ‘को विजारोपण भयो । “ टु नेशन थियोरी”को परीक्षण असफल भयो । पूर्वीय पाकिस्तानका विद्रोहको ज्वारभाटा विष्टफोट भयो । संस्कृति र भाषाको आधारमा सुरु भएको आन्दोलनले गर्दा पाकिस्तान विभाजीत हुंदै एक नयॉ देश “वंगलादेश” निर्माण हुन गयो । सन् १९७१ मा वंगलादेश जन्मको कारणले गनै गर्दा भारत पाकिस्तान विचप युद्ध हुन गयो ।
९० हजार पाकिस्तानी सैनिक युद्ध बन्दी हुन गयो । अर्थात् सन् १९४७, १९६५ र सन् १९७१ के सेरोफेरोमा भारत पाकिस्तान विच नेहरु लियाकत्त प्याक्ट, तासकन्त सम्झौता र सिमला सन्धी भएको छ । तर यी सन्धी र सम्झौताहरू समेत शान्ती, अमन र चयनलाई वहाल गर्न असर्मथ भएको देखिन्छ । शान्तीको प्रयास अनवरत रूपमा हुंदा हुंदै पनि पाकिस्तान र भारत विच सहज सम्बन्ध नहुनुको विभिनन आयमहरू देखिन्छ ।
सन् १९७९ ताका सोभियत संघले अफगानीस्तानमा आफ्नो हैकम कायम गर्यो । शित युद्धको समयमा पाकिस्तानलाई अमेरिकी सहयोग र सहानुभुती प्राप्त भयो । अफागनीस्तानमा सोभियत विरुद्ध वातावरण निर्माण गर्न अमेरिकाले इश्लामिक लडाका समूहहरूलाई पाकिस्तानको माटोमा मलजल गर्न शुरु गर्यो । ती लडाका समुहहरू कालान्तरमा तालिवानी हुन गयो । तालिवानी लडाका समूहहरूको गतिविधिले गर्दा सोभियत अफगानीस्तानबाट आफ्नो सैनिक फिर्ता लिनु पर्यो ।
अर्थात् पाकिस्तान लडाका समुहहरूको भर्ती केन्द्र हुन गयो । अमेरिकी सहयोगको कारणले गनै गर्दा पाकिस्तानमा सैनिक शासक बलियो हुन गयो । वाजपेयी र नवाज सरीकको सकारात्मक दृष्टिकोण हुंदा हुंदै पनि पाकिस्तानी सैनिक शासक प्रवेज मुसरफको कारणले कारगीलमा भिडन्त हुन गयो । यी कालखण्डमा भारतको संसद भवजमा आक्रर्मण, ऊरी र पठानकोठमा आतंकवादी हमला जस्ता कारणहरूले गर्दा भारत पाकिस्तान विच असहजता बढ्दै गयो । तर वर्तमान परिवेश पृथक रहेको छ । सन् २०२५ अप्रिल २२ मा कश्मिरको पहलगामामा भएको आतंकवादी घटनाले गर्दा दुई आणविक शक्रि सम्पन्न देश युद्धको संखनाध गरेको छ ।
सन् २०२५ मई ६ को मध्य रातमा भारतले नौ ठाउ‘मा निशाना बनाउ‘दै हवाई हमला गरेका छन् । उक्त हमला र आक्रमणलाई “अपरेशन सिन्दुर” भनिएको छ । अरु युद्ध भन्दा यो पृथक रहेको जानकारहरूको बुझाई रहेको छ । पहलगामा घटनामा एक नवविवाहित बधुको सामुन्नेमा उनकी श्रीमानलाई आतंकवादीहरूले हत्या गरेको हुंदा सिन्दुरको बदला लिने भने यो युद्धको सांकेतिक उद्घोष रहेको छ । साथ साथै युद्धको संखनाध नै दुई महिला सैनिक अधिकारीहरूले गरेकी थिइन् । युद्धलाई मनोग्रन्थीसंग जोड्नु आफैमा अर्थपूण रहेको छ । भारतले उक्त संगा्रमलाई नारी शक्रिसंग जोडेको देखिन्छ ।
पाकिस्तानको पंजाव प्रान्तमा रहेका भावलपुरलाई भारतको खुपिया एजेन्सीलाई आतंकवादी कारखानाको रूपमा चर्चा गर्दे आएका छन् । भारतले पाकिस्तानको पञ्जाव प्रान्त लगायत पाकिस्तानद्वारा शासित कश्मिरमा समेत आक्रमण गरेका छन् । भारतको उक्त फौजी कार्यवायबाट विश्व नै तरङ्गित भएको देखिन्छ । प्रतिक्रिया मिश्रीत देखिएको छ । इजरायल जस्ता देशले पाकिस्तान माथि गरिएको फौजी कार्यवायलाई ज्याज ठहर गरेका छन् । भने अमेरिकाले भारतलाई संयमित र जिम्मेवार हुन आग्रह गरेका छन् ।
चिनको प्रतिक्रिया पाकिस्तानको पक्षमा देखिएको छ भने रसियाले आफ्नो पूरानो सघन सम्बन्धको आधारमा भारतको साथ उभिएको छ । ट्रर्की आफ्ना युद्धपोतका साथ पाकिस्तान सर्मथनमा उभिएको छ । हुनतः ट्रर्कीमा भुइचालो हुंदा राहत कार्यको लागि भारत सबभन्दा अघि हुंदै राहतको नेतृत्व लिएको थियो । तर कूटनीति र सामरिक नीति र्निमम विज्ञान भएको हुंदा राष्ट्र हित र जनमनोभावना अनुरुप नै कुनै पनि मुलुकले आफ्नो रणनीति परिचालित गरेको हुन्छ ।
मध्य एसियाका समृह मुलुकहरू साउदी अरवेभी, यू.एई. केही हदसम्म इरान पनि सन्तुलित नीतिका साथ भारतसंग सामिप्यता कायम गरेकोछ । वर्तमान परिवेशमा पाकिस्तानमा क्षेत्रीयता र सम्प्रदायित्व चुलिएको देखिन्छ । वालुचिस्तान प्रान्तमा विद्रोहमा तीव्रता देखिएको छ भने तहरिके तालिवान जसता लडाका समुहरूले सरीयत (इश्लाम धर्म) अनुसार शासन गर्नु पर्ने माग राख्दै आतंकवादी गतिविधिलाई निरन्तरता दिदै आएको छ । पाकिस्तानमा राजनीति धुव्रिकृत रहेको छ । पाकिस्तानको सैनिक शासकलाई लोकप्रिय जनुप्रतिनिधि पॉच्य हुंदैन ।
इमरान खान बन्दीगृहमा रहेको छ भने सहबाज सरीफको सरकार सैनिक शासकको छायामा सरकार रहेको छ । साथ साथै पाकिस्तानलाई तालिवानबाट समेत शस्त्रको सामना गर्नु परेको छ । जानकारहरूका अनुसार विश्व समुदायले पाकिस्तानको तरल अवस्थालाई बुझ्न जरुरी देखिन्छ । पाकिस्तान आणविक शक्रि भएकोले गर्दा सत्ता पूर्ण रूपले आतंकवादी र जेहादीको हातमा गएको खण्डमा विश्व व्यवस्था नै प्रभावित हुन सक्ने सम्भावनालाई नर्कान सकिदैन । यस आलोकमा भारतले अन्तर्राष्ट्रिय कूटनीति र यस अनुसार अगाडी बढ्नु पर्दछ ।