२५ बैशाख, काठमाडौं । चितवनमा रेबिज लागेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजा रहेका छन् ।
निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।
केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो ।