|  

आतंकवाद विरूद्धको लडाइँमा भारतलाई साथ दिने फ्रान्सको घोषणा

२५ बैशाख, काठमाडौं ।  फ्रान्सले आफ्नो समर्थन भारतलाई रहने घोषणा गरेको छ ।

भारतले बुधबार राति पाकिस्तानमाथि गरेको मिसाइल आक्रमणपछि फ्रान्सको विदेश मन्त्रालयले विज्ञप्ती जारी गरी आतंकवादविरूद्धको लडाइँमा भारतलाई साथ रहने बताएको हो ।

फ्रान्सले पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी हमलाको पनि निन्दा गरेको छ।

‘फ्रान्स २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलाको निन्दा गर्दछ र भारतप्रति पूर्ण ऐक्यवद्धता व्यक्त गर्दछ,’विज्ञप्तीमा भनिएको छ, ‘आतंकवाद विरूद्धको लडाइँमा फ्रान्स भारतलाई समर्थन गर्दछ।’