|  

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? 

२५ बैशाख, काठमाडौं । साताको कारोबारबो पाचौं दिन आज (बिहीबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा  ६ सय रूपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ९२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यता आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा  १० रूपैयाँ घटेर प्रतितोला १ हजार ९ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।