२५ बैशाख, काठमाडौं । भारतको उत्तर र उत्तरपश्चिम क्षेत्रका २१ विमानस्थल आउँदो शनिबारसम्म बन्द रहने भएको छ ।
सबै विमानस्थल सिल गरिएका छन् । सुरक्षाकर्मी र कर्मचारीबाहेक कसैलाई पनि प्रवेश वा वाहिर निस्कन अनुमति दिइएको छैन । भारतले हिजो बिहान पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा आक्रमण गरेको थियो ।
त्यसपछि धेरै भारतीय र अन्तर्राष्ट्रिय एयरलाइन्सले उत्तर भारतमा उडान रद्द गरेका थिए ।केही अरू एयरलाइन्सले भने भारत–पाकिस्तानबीचको तनावका कारण उडान मार्ग परिवर्तन वा रद्द गरिएको बताएका छन् ।