आइतवार १३ जेष्ठ, २०८२  | Sunday 25 May, 2025 

रूपन्देहीमा विद्यार्थी बोकेर आउँदै गरेको स्कुल बसमा आगलागी

२५ बैशाख, काठमाडौं । रूपन्देहीमा एउटा निजी विद्यालयको बसमा आगलागी भएको छ ।

शुद्धोधन गाउँपालिका वडा नं ४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हायर सेकेण्डरी स्कुलको बसमा आगो लागेको हो । बिहीबार बिहान विद्यार्थी बोकेर आउँदै गरेको बस विद्यालय नजिकै पुगेपछि अचानक आगो लागेको हो ।

आगलागीबाट विद्यालयको लु १ क १३२६ नम्बरको बस पूर्ण रूपमा क्षति भएको छ । बसमा रहेका विद्यार्थी र चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ।