|  

आतंकवादविरुद्धको लडाइँमा हामीले भारतलाई साथ दिनुपर्छः खतिवडा

२५ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारतले पाकिस्तानी आतंकवादको विरुद्ध थालेको लडाइँमा साथ दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्ने उनले बताए ।

उनले भने, ‘भारतले पाकिस्तानको आतंकवादविरुद्ध गरेको युद्धले हामी जोखिमयुक्त अवस्थामा छौँ। यो जटिलताको सामना गर्न सरकार तयारी रहोस् । साथै आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ ।’