२५ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतले आतंकवाद विरुद्ध ‘अपरेसन सिन्दूर’ सञ्चालन गरेको छ । आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो । आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो । साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक छ ।’
भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान सञ्चालन गरेको बेला शर्माको यो भनाइ सार्वजनिक भएको हो ।