|  

अवैध रुपमा भारत प्रवेश गर्ने चार चिनियाँ नेपालको सीमामा पक्राउ

२५ बैशाख, काठमाडौं । भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा नेपाल–भारत सीमाबाट चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले रक्सौलको मैत्री पुलबाट चार जना चिनियाँ नागरिक पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चिनियाँ नागरिकमा कि जुन, लेई योङ्गहाई, हे क्वेङ्गसेङ्ग र हाउङ्ग लिमिन रहेको छन् ।

अवैध रुपमा भारत प्रवेश गर्न खोजेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका चिनियाँहरुले नेपाली, अंग्रेजी, हिन्दी र चिनियाँ भाषा बोल्ने गरेको जनाइएको छ ।

उनीहरुले आफ्नो बयान बारम्बार बदलिरहेको स्रोतले जनाएको छ । उनीहरुको सम्बन्ध पाकिस्तानसँग रहेको संकेत मिलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय सुरक्षा स्रोतले जनाएको छ ।