२५ बैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरूङले काश्मिरको पहलगाममा भएको आतंककारी हमलामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्नु न्यायोचित मान्न नसकिने बताएका छन् ।
गुरूङले सामाजिक सञ्जालमा लखेका छन्, ‘पहलगामको आक्रमण कस्ले गरेको हो भन्नेबारे स्वतन्त्र रुपमा पुष्टि भएको देखिन्दैन। यस्तो स्थितिमा पाकिस्तानलाई आरोपित गरी आक्रमण गर्नु न्यायोचित मान्न सकिने देखिन्दैन।’