|  

सिन्धुलीमा स्कूल भ्यान दुर्घटना हुँदा १७ बालबालिका घाइते

२५ बैशाख, काठमाडौं । सिन्धुलीको तिनपाटन गाउँपालिका–२ भिमस्थानमा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा १७ जना बालबालिका घाइते भएका छन् ।

तिनपाटन गाउँपालिका–२ स्थित भिमस्थानस्थित गैरिशंकर बोडिङ्ग स्कुलको ना १ झ ६३०२ नम्बरको विद्यार्थी बोकेको भ्यान दुर्घटना हुदाँ १७ जना घाइते भएका हुन् ।घाइतेमध्ये ६ जना विद्यार्थीको अवस्था मध्यम छ ।

उनीहरुलाई उपचारको लागि सिन्धुली अस्पताल ल्याइँदैछ । अन्य घाइतेको भिमस्थान स्वास्थ्य चौकीमा उपचार जारी छ । भ्यानमा २५ जना सवार रहेका थिए । भ्यान आफैँ अनियन्त्रित भइ दुर्घटना भएको हो