२५ बैशाख, काठमाडौं । भारतले बुधबार पाकिस्तानी भूमिमा ‘अपरेसन सिन्दुर’ नामक कारवाही गर्यो ।
भारतमा एक दम्पत्तिले सैन्य कारवाहीका दिन जन्मेकी छोरीको नाम सिन्दुरी राखेका छन् ।बिहार राज्यको कटिहार जिल्लाका दम्पत्तिले छोरीको नाम सिन्दुरी राखेका हुन् ।
कटिहारको स्थानीय निजी नर्सिङ होममा बुधबार सबेरै सिन्दुरीको जन्म भएको थियो । भारतले पाकिस्तानमा गरेकोआक्रमणको नाम अपरेसन सिन्दुर राखिएको थियो । उनका पिताले सिन्दुरी पछि गएर भारतीय सेनामा भर्ती हुने विश्वास पनि व्यक्त गरे ।