२५ बैशाख, काठमाडाैं । जापानको राजधानी टोकियोको एक प्राथमिक विद्यालय परिसरमा आक्रमण भएको छ ।
आज दुई व्यक्ति प्रवेश गरी पाँच जना कर्मचारीमाथि आक्रमण गरेका हुन् ।आक्रमणबाट उनीहरूलाई सामान्य चोट लागेको जापानी सञ्चारमाध्यमले जनाएका छन । आक्रमणकारी झ्याल फुटाएर एउटा कक्षाकोठामा प्रवेश गरेका थिए ।
यस्तै अर्को एक घटनामा टोकियोको सबवेमा छुरा प्रहार गरी हत्याको प्रयासको आरोप लागेका एक व्यक्तिलाई आज पक्राउ गरिएको छ । उनीहरूले भीडभाडको समयमा दुई जनालाई घाइते बनाएका थिए ।