|  

गणतन्त्र र राजासहितको प्रजातन्त्र चाहनेबीच ध्रुवीकरण जरुरीः राजेन्द्र लिङदेन

२५ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य गरेर राजासहितको प्रजातन्त्र चाहनेबीच ध्रुवीकरण हुन जरुरी रहेको बताएका छन् ।

राजसंस्था पुनःस्थानाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आज काठमाडौंमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा रहेका अन्य दलका नेता कार्यकतालाई ध्रुवीकरण हुन आह्वान गरेका हुन् । उनले राष्ट्रवादीहरुको आन्दोलन देशका लागि भएकोले सम्पूर्ण देशवासीलाई आन्दोलनमा सहभागी हुन भनेका छन् । अबको आन्दोलन सफल नभएसम्म नरोकिने दाबी गर्दै अध्यक्ष लिङदेनले मुलुक यही अवस्थामा बसिरहन नसक्ने भएकाले अब नयाँ सम्झौतामा जानुपर्ने स्पष्ट पारे । यदी आफुहरुको प्रश्ताव अस्वीकार गरी गणतन्त्र पक्षधरले दमनको बाटो रोजे उनीहरु बढारिने चेतावनी समेत दिए । 

अध्यक्ष लिङदेनले अबदेखि राप्रपाका सबै कार्यक्रम आन्दोलनको एउटा अंगको रुपमा अघि बढ्ने घोषणा समेत गरे ।