२५ बैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते भएको तीनकुने घटनामा अनुसन्धान भइरहेको सदनलाई जानकारी दिएका छन ।
प्रतिनिधि सभाको बैठकमा उनले याे घटना संविधान र ब्यवस्था विराेधी रहेकाे बताएका हुन् । उनले भने, ‘त्यो घटना विध्वंशात्मक र संविधान विरोधी थियो । अहिलेको व्यवस्थाका विरुद्धमा थियो। संविधान विरोध अराजक गतिविधिलाई कानूनको दायरामा ल्याइ नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक अधिकारको निर्वाध उपयोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा सरकार प्रतिबद्ध छ ।’
उनले राजावादीलाई लक्षित गर्दै संविधानले निधेष गरिएका कुनै गतिविधि नगर्न आग्रह गर्दै त्यस्ता गतिविधि सैह्य नहुने चेतावनी दिए। राजावादीहरुले आजै जेठ १५ बाट अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेका छन्।