२५ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका अदालत लगिएको छ ।
उनलाई प्रहरीले हतकडीसहित सातौ पटक म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो । तीनकुने घटनामा १५ गते राति पक्राउ परेका उनी प्रहरी हिरासतमै छन् । मिश्रलाई राजद्रोह र संगठित अपराधको मुद्दा चलगाइएको छ । मिश्र १५ चैतमै पक्राउ परेका थिए ।
मिश्रसँगै पक्राउ परेका सांसद् धवलशमशेर राणा प्रहरीले स्वास्थ्यलाई कारण देखाउँदै दुई साताअघि छाडेको थियो । छुटेका धवलशमशेर राप्रपाको एक कार्यक्रममा समेत देखिएका थिए ।