|  

नेपालले विश्वकप यात्रा सुरु गर्दै

२५ बैशाख, काठमाडाैं । नेपाली महिला क्रिकेट टोलीले भाेलि महिला टि-ट्वान्टी विश्वकप २०२६ को छनोट स्वरुप हुने एसिया छनोटको प्रतियोगिता खेल्दैछ ।

थाइल्यान्डमा हुने एसिया छनोटमा नेपालका अलावा आयोजक थाइलयान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईको सहभागिता रहेको छ । नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र युएई रहेका छन् । हरेक समूहका टोलीले एकआपसमा दुई पटक खेले पश्चात समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउँने छ । सुपर थ्रीमा शीर्ष दुईमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ । छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डको एसियन टेक्नोलोजी मैदानमा शुक्रवार बिहान ८ः४५ बजे हङकङको सामना गर्दैछ ।

टि-ट्वान्टी आईको पछिल्लो पाँच भेटमा नेपालले हङकङलाई २ खेलमा हराउँदा हङकङ पनि समान खेलमा नै विजयी भएको छ । एक खेल भने बर्षाका कारण रद्द भएको थियो ।