|  

रवीन्द्र मिश्र र दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राख्न अनुमति

२५ बैशाख, काठमाडौं । तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईसहित २४ जनाको हिरासत अवधि थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले आज उनीहरूलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

राज्यविरुद्धको कसुरमा अनुसन्धान जारी रहेकाले न्यायाधीश मोना सिंहको इजलासले सातौँ पटक म्याद थप गर्ने आदेश दिएको हो । यसअघि वैशाख २१ गते हिरासत म्याद थप गरिएकोमा अनुसन्धान अझै नसकिएकाले पुनः म्याद थप गराइएको प्रहरीले जनाएको छ ।

उक्त मुद्दामा अनुसन्धान चलिरहेका बेला राप्रपाका महामन्त्री धवलशमशेर जबरा भने क्यान्सरको उपचारको कारण देखाउँदै रिहा भएका थिए । यस्तै यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएका मिश्रमाथि भने फेरी आपराधिक उपद्रको मुद्दा समेत थपिएको छ ।