|  

नेपालमा चारवटा वायुको प्रभावः आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

२६ बैशाख, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।

यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ ।

बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक / दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । दिउसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ ।

देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक / दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका एक / दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका एक / दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमाली भू-भागका एक / दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।