|  

पूर्वराजा शाह एक सातादेखि नगरकोटमा

२६ बैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह एक सातादेखि नगरकोटमा बसोबास गर्दै आएका छन् ।

पूर्वराजा निकट स्रोतका अनुसार उनी वैशाख १५ देखि नगरकोटमा बसोबास गर्दै आएका हुन् । उनी नगरकोटस्थित सोल्टी वेस्ट इन्ड रिसोर्टमा बसिरहेको पूर्वराजा निकट स्रोतले जनायो । नगरकोटबाटै उनले राजावादीहरूसँग तारन्तार भेट गरिरहेको खुलेको छ ।

उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापासहित राजावादी शीर्ष नेतासँग भेट नगरकोटमै गरेको  स्रोतले बतायो यस्तै दोस्रो तहका राजावादी नेताहरू राजेन्द्र गुरुङ, गुरुङ, शरद राज पाठक, प्रेम बलायर, निरञ्जन थापा, निराजन बमलगायतसँग पनि भेटेका छन् ।

भेटमा मूलतः राजावादी आन्दोलनका विषयमा कुराकानी भएको बताइएको छ । पूर्वराजा केही समय नगरकोटमै रहने बताइएको छ ।