|  

भारतीय आक्रमणले सीमा पार गरेमा आक्रमण घोषित रूपमै हुन्छः पाकिस्तान

२६ बैशाख, काठमाडौं । भारतीय सेनाले पाकिस्तानले जम्मु र पन्जाबको सैन्य आधार शिविरमा लक्षित गर्दै मिसाइल प्रहार गरेको आरोप लगाएको छ ।

पाकिस्तानले यसलाई अस्वीकार गरेको छ । पाकिस्तानले आफूहरूले आक्रमण गरेमा यसको बारे संसारलाई जानकारी दिने बताएको छ ।

पाकिस्तानी रक्षामन्त्री ख्वाजा असिफले बिबिसीलाई अन्तरवार्ता दिँदै बिहीबार बेलुका आफ्ना धेरै मित्र राष्ट्रले संयमता अपनाउन आग्रह गरेकाले संयम भएको बताए ।

अहिले भारतीय आक्रमणले सीमा पार गरेमा घोषित रूपमा नै आक्रमण गर्ने उनले ठहर गरे।