२६ बैशाख, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज हङकङविरुद्ध पहिलो खेल खेल्दैछ ।
आईसीसी ट्वान्टी–२० महिला विश्वकप एसिया छनोटका लागि नेपालले आज हङकङविरुद्ध पहिलो खेल खेल्न लागेको हो । खेल बिहान ८ः१५ बजे सुरु हुनेछ ।
विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदै छ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् । दोस्रो खेल भोलि बहराइनसँग खेल्नेछ ।