२६ बैशाख, काठमाडौं । भारत र पाकिस्तानबीच जारी संघर्षप्रति अमेरिकाले प्रतिक्रिया दिएको छ ।
अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले धारणा सार्वजनिक गर्दै वार्ता नै विकल्प रहेको बताएका हुन् । भेन्सले भने, ‘हामीले गर्न सक्ने कुरा भनेको दुवै देशलाई तनाव कम गर्न प्रोत्साहित गर्ने हो, हामी मूलतः यो युद्धमा सामेल हुने छैनौं ।
यो हाम्रो काम होइन ।’उनले अमेरिका यो मामिलालाई कूटनीतिक माध्यमबाट समाधान प्रयास जारी राख्ने बताएका छ न्।