२६ बैशाख, काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार)सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा एक हजार चार सय रूपैयाँले घटेको हो।
जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ९० हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यता आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा पाँच रूपैयाँ बढेर प्रतितोला १ हजार ९सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।