|  

एन्फा साधारणसभामा गणेश थापालाई गेटमा रोकेपछि लफडा

२६ बैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभामा लफडा भएको छ ।

धुलिखेल नगरपालिकाको सभा हलमा शुक्रबारका लागि बोलाइएको साधारणसभामा पूर्वअध्यक्ष गणेश थापा बी डिभिजन क्लब आरसी ३२ को प्रतिनिधि बनेर सहभागी हुन पुगेका थिए।

तर थापाको हलमा प्रवेशका लागि साधारणसभाको परिचय पास नभएको बन्दै गेटमै रोकिएको छ । त्यसपछि आक्रोशित बनेका थापा र उनका जेठा छोरा गौरव थापासहितको समूहले गेटमा विरोध गरेका छन्।