२६ बैशाख, काठमाडौं । भारत सरकारले ८ हजारभन्दा बढी एक्स एकाउन्ट ब्लक गर्न निर्देशन दिएको छ ।
पाकिस्तान पक्षधर कन्टेन्ट हाल्ने त्यस्ता थप एकाउन्ट ब्लक गर्न भनिएको भारत सरकारले जनाएको छ । भारत र पाकिस्तानबीच चौथो दिन पनि सीमावर्ती क्षेत्रमा गोलाबारी चलिरहेको छ । दुवै पक्षले गलत सूचनाको सहारा लिइरहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले जनाएका छन् ।
यसैबीच पाकिस्तानी अर्थमन्त्रीको ट्वीटर एकाउन्ट ह्याक गरिएको छ । मन्त्रालयका अनुसार अर्थमन्त्रीले पाकिस्तानलाई अन्तर्राष्ट्रिय साझेदारहरुबाट लोन प्राप्त हुने अपेक्षासहितको ट्वीट गरेलगत्तै सो अकाउन्ट ह्याक गरिएको हो ।
भारत र पाकिस्तान दुवैतिरका मिडियाले युद्धलाई लिएर मिस इन्फरमेशन फैलाइरहेका बेला सोसल मिडिया नेटवर्कमा पनि ह्याक र ब्लकको प्रकरण आएको हो ।