२६ बैशाख, काठमाडौं । यसैसाता भारतीय सेनाले पाकिस्तानका ७ शहरमा ‘आतंकवादी’ लुकेका ९ सहरलाई लक्षित गर्दै ‘अपरेसन सिन्दूर’ सुरु गर्यो ।
यतिबेला भने यो नामलाई लिएर फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा छ । रिपोर्टअनुसार, लगभग ५० फिल्म निर्माताहरूले ‘अपरेसन सिन्दूर’ शीर्षक दर्ताको लागि आवेदन दिएका छन् ।फेडरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लाइज (इम्पा)का अध्यक्ष बीएन तिवारीले यो कुरा पुष्टि गरे ।
अध्यक्ष बीएन तिवारीले ‘अपरेसन सिन्दूर’को खबर आउने बित्तिकै दर्जनौं फिल्म निर्माताहरूले नाम दर्ता गर्न सम्पर्क गर्न थालेको बताए ।तिवारीका अनुसार जसले पहिले आवेदन दिन्छ उसलाई प्राथमिकता दिइन्छ । उनका अनुसार ‘अपरेसन सिन्दूर’ शीर्षक एक निर्माताले मात्र पाउनेछन् ।