|  

गभर्नर नियुक्तिको विषय चाँडै टुंगिन्छः देउवा

२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय चाँडै टुंगिने बताएका छन् ।

बूढानीलकण्ठमा शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै टुंगिने बताएका हुन् ।

बैठकमा नेताहरूले गभर्नर नियुक्तिको विषयमा चासो राखेपछि सभापति देउवाले जवाफ हुन् ।