२६ बैशाख, काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सत्तापक्षकै सांसदले नीति तथा कार्यक्रमको विरोध गर्नुको औचित्य नरहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले सत्तापक्षकै सांसदले असन्तुष्टि राखेपछि यस्तो बताएका हुन् ।
सत्तापक्षका सांसदले विपक्षमा भोट हाल्न नसक्ने भएकाले विरोध गर्नुको औचित्य नरहेका उनले बताएका हुन् ।
‘पर्सी विपक्षमा भोट हाल्न सक्नुहुन्न । अब के यहाँ कसलाई खपत दिनलाई त्यो (विरोध) गर्नु ।यस हिसाबले यो (नीति तथा कार्यक्रम) राम्रो छ,’ सांसद बास्कोटाले भने ।
यही वैशाख २८ गते प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।