|  

भारतीय विदेश सचिवको ४ पृष्ठको वक्तव्य, हाम्रो आक्रमण सैन्य अखडा नभइ आतंकवादी पूर्वाधारमाथि हो

२६ बैशाख, काठमाडौं ।  भारतको विदेश मामिला मन्त्रालयका सचिव विक्रम मिश्रीले स्पष्ट शब्दमा भारतले बुधबार पाकिस्तानले ओगटेको कश्मिर र पाकिस्तानको मुख्य भूमिमा गरेको कारबाही आतंकबाद बिरूद्व लक्षित रहेको स्वयम पाकिस्तानका पछिल्ला भनाइ र घटनाक्रमले खुलस्त भएको बताएका छन् ।

उनले पाकिस्तानमा रहेका आतंकबादी संगठनहरूका तालिम केन्द्रदेखि लुक्ने ठेगानलाइ भारतले लक्षित गरेको हो । तर, पाकिस्तानले आफुले आतंकबादलाइ गरिररहेको समर्थन र सहयोग उदाङगो हुने भएपछि गलत प्रचारबाजी गरिरहेको सचिव मिश्रीको भनाइ थियो ।
तर भारतले पाकिस्तानको यो आग्रह आतंकवादीमाथिको आक्रमण र अनुसन्धान रोक्ने रणनीति भएकाले तत्काल सम्भव नरहेको बताएको छ ।

भारतले पाकिस्तानको सेना,सैनिक संरचना र सर्वसाधारणलाई आक्रमण नगरी आतंकवादीहरुको ठेगानामा मात्र पहिचानसहित हमला गरिएको जनाएको छ ।

तर पाकिस्तानले भने जवाफी कारवाहीका नाममा १६ ज ना सर्वसाधारणको हत्या हुनेगरी आक्रमण गरेको विदेश सचिव मिश्रीले बताए । मिश्रीले अप्रेसन सिन्दूरका क्रममा सुरक्षा बलहरुले गरेको अप्रेसनको विवरण भने दिन नमिल्ने बताए ।

उनले पाकिस्तानले आरोप लगाएजस्तो मस्जिदमा हमला नगरिएको तर आतंकवादी ठेगानमा हानिएको बताए । तर पाकिस्तानले शिख समुदायलाई लक्षित गरेर आक्रमण गरेको उनको भनाइ थियो ।