२७ बैशाख, काठमाडौं । पाकिस्तानले भारतले तीन वटा सैन्य एयर बेसमा मिसाइल प्रहार गरेको बताएको छ ।
अहिले प्रहार भएका एयर बेस मध्य एउटा रावलपिण्डीमा रहेको नुर खानको सेनाको मुख्यालयमा लक्षित थियो । सो स्थान राजधानीबाट १० किलोमिटर टाढा छ ।
पाकिस्तानी सेनाका प्रवक्ताले सो मिसाइल कमजोर रहेको भन्दै पाकिस्तान सामना गर्न सक्षम रहेको प्रतिक्रिया दिएका छन् ।
सीमाबाट अन्तर्राष्ट्रिय सञ्चार माध्यममा सीमामा रहेका घरहरूको अवस्था दयनीय बन्दै गएको बताइएको छ ।पाकिस्तानको यो भनाइमा भारतको अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।