२७ बैशाख, काठमाडौं । भारत-पाकिस्तान तनावको बीचमा भारतको नागरिक उड्डयन मन्त्रालयले देशको उत्तरी र पश्चिमी भागमा अवस्थित ३२ विमानस्थलबाट नागरिक उडानहरूमा प्रतिबन्ध लगाएको छ ।
भारतीय विमानस्थल प्राधिकरण जारी गरेको सूचनाका अनुसार मे १५ बिहान ५ः२९ सम्म उडान प्रतिन्ध रहनेछ।
उडान प्रतिबन्ध गरिएका विमानस्थलहरुमा उधमपुर, अम्बाला, अमृतसर, अवन्तिपुरा, भटिंडा, भुज, बीकानेर, चंडीगढ़, हलवारा, हिन्डन, जैसलमेर, जम्मू, जामनगर, जोधपुर, कान्डला, कांगडा (गग्गल), केशोद, किशनगढ, कुल्लु मनाली (भुन्तर), लेह, लुधियाना, पटहनकोट, पट्टनकोट, पत्तनकोट, पट्टनाकोट, किशनगढ, कुल्लु मनाली (हिरासर), सरसावा, शिमला, श्रीनगर, थोइसे र उत्तरलाइ रहेका छन्।