|  

पाकिस्तानी प्रधानमन्त्रीले बोलाए नेशनल कमान्ड अथोरिटीको बैठक 

२७ बैशाख, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले नेशनल कमान्ड अथोरिटी (एनसीए) को बैठक बोलाएका छन् ।

यो कमिटीले आणविक हतियारका साथै प्रमुख राष्ट्रिय सुरक्षाहरूबारे निर्णय लिन्छ । देशको राष्ट्रिय सुरक्षा र परमाणु हतियार प्रयोगसम्बन्धी निर्णय गर्ने उच्च नागरिक-सैन्य निकाय राष्ट्रिय कमान्ड अथोरिटी (एनसीए) को बैठक बोलाएको स्रोतले जनाएको छ ।

यसअघि पाकिस्तानी सेनाले भारतले सुरु गरेको ‘अपरेशन सिन्दूर’को जवाफमा ‘अपरेशन बुनयान उल मरसूस’ सुरु गरेको घोषणा गरेको थियो ।