|  

राम्रो काम गर्न खोज्दा षडयन्त्रको सिकार हुनु पर्छः प्रचण्ड

२७ बैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूले समाजवादी क्रान्तिको तयार गर्न खोज्दा घेराबन्दीमा पर्ने गरेको गुनासो गरेका छन् ।

२५औं निर्मल लामा स्मृति दिवसमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डलले राम्रो काम गर्न खोज्दा र राम्रो पार्टी बनाउन खोज्दा षडयन्त्रको सिकार हुनु परेको बताएका हुन् ।

उनले अहिले फेरि आफूले कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी, आदर्शन र निष्ठातिर लैजान लागेको बताउँदै उनले त्यसका लागि चुनौती धेरै भएको बताए ।

‘अहिले कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी, आदर्श र निष्ठातिर नै अगाडि लैजाने धेरै चुनौतीहरु छन्’, उनले अघि भने, ‘ती चुनौतीविरुद्ध लड्ने संकल्पसहित फेरि हाम्रो विचारलाई, मुद्दाहरूलाई, वर्गलाई समुदायलाई केन्द्रित गरेर हामी एकचोटि यथास्थिति भत्काउने र रुपान्तरणसहित समाजवादी क्रान्तिको तयारीमा लैजान खोजेका छौं ।’