|  

भारतीय सेनाले भन्यो- पाकिस्तानले गरेको मिसाइल आक्रमण स्पष्ट उक्साहट हो 

२७ बैशाख, काठमाडौं । भारतीय सेनाले पाकिस्तानले ड्रोन र अन्य सैन्य सामग्री प्रयोग गरी भारतको पश्चिमी सीमामा गरेको आक्रमण स्पष्ट उक्साहट भएको बताएको छ ।

स्थानीय समयानुसार शुक्रबार ११ः३० बजे राति भारतको पंजाब राज्यको अमृतसर शहरको खासा क्यान्टोनमेन्टमा धेरै ड्रोन उड्दै गरेको देखिएको सेनाले बताएको छ ।