२७ बैशाख, काठमाडौं । भारतीय भूभाग जम्मू शहरको रेहरी कोलोनीमा पाकिस्तानले आक्रमण गरेको छ । आक्रमणबाट धेरै घरहरूमा क्षति पुगेको जनाएको छ ।
पहिलो पटक शहरको मुटुमा रहेको आवासीय क्षेत्रलाई लक्षित गरेर सो आक्रमण भएको स्थानीयको भनाइ छ । स्थानीय बासिन्दा राकेश गुप्ताले भने, ‘ठूलो विस्फोट भयो र सम्पूर्ण क्षेत्र धुवाँले भरिएको थियो ।अहिले जताततै डर र त्रासको वातावरण छ। पाकिस्तानले किन सर्वसाधारणमाथि आक्रमण गरिरहेको छ, ।’
शुक्रबार राति भएङ्घको टनामा केही मानिसहरु घाइते भएको र नजिकैको अस्पतालमा भर्ना गरिएको बताइएको छ। घटनापछि जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाह घटनास्थलमा पुगेका थिए, तर लडाकु विमानहरू माथि उड्न थालेपछि उनी हतारहतार त्यहाँबाट बाहिरिएका थिए ।