|  

पाकिस्तानी गोलाबारीमा जम्मू क्षेत्रमा दुई वर्षीय बच्चासहित पाँचजनाको मृ#त्यु, तीन घाइते  

२७ बैशाख, काठमाडौं ।  पाकिस्तानी गोलाबारीमा भारतका विभिन्न स्थानमा पाँचजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

मानव बसोबास भएका विभिन्न सहरमा गरिएको मिसाइल तथा ड्रोन आक्रमणमा दुई वर्षीय बच्चासहित पाँचजना मारिएका स्रोतले जनाएको छ ।

भारत नियन्त्रित जम्मू र कश्मीरको एक जिल्ला प्रमुख राजकुमार थापासहित अन्य स्थानीय पाकिस्तानी सेनाले पुँछ र जम्मू जिल्लामा गरेको गोलाबारीमा मारिएका बताइएको छ ।

पुँछ जिल्लाको कांगा–गल्हुट्टा गाउँमा मोर्टार आक्रमणमा परेर ५५ वर्षीया महिला मारिएकी छन् । जम्मू जिल्लाको आरएस पुरा सेक्टरस्थित बिदिपुर जट्टा गाउँका एक नागरिक पनि मारिएको बताइएको छ ।