२७ बैशाख, काठमाडाैं । कर्नेल सोफिया कुरेशीले शनिबार एक पत्रकार सम्मेलन गर्दै शुक्रबार र शनिबारको मध्यरातमा पाकिस्तानसँगको सीमामा भएको सैन्य कारबाहीबारे जानकारी दिएकी छन् ।
पत्रकार सम्मेलनमा कर्णेलले भनिन्, ‘पाकिस्तानी सेनाले पश्चिमी मोर्चाभरि आक्रामक गतिविधिहरू जारी राखेको छ। नियन्त्रण रेखामा ड्रोन घुसपैठ र भारी हतियारबाट गोलाबारी भएको छ । श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई घुसपैठको प्रयास गरिएको थियो, जसमध्ये धेरैजसोलाई विफल पारिएको थियो।’
पाकिस्तानले उधमपुर, भुज, पठानकोट, भटिंडा र आदमपुर सैन्य एयरबेसमा रहेका उपकरणहरूलाई क्षति पुर्याएको छ । बिहान १ः४० बजे पञ्जाबको सैन्य अड्डामा उच्च गतिको क्षेप्यास्त्र प्रहार गरिएको उनले बताइन् । भारतले यो क्षेप्यास्त्रलाई निष्क्रिय पारेको कर्नेल कुरेशीको दाबी छ।