|  

बिनोद सुबेदीको नयाँ गीत खोली तिरैमा सार्वजनिक 

२७ वैशाख, काठमाडाैं । गितकार तथा संगीतकार बिनोद सुबेदीको नयाँगित खोली तिरैमा बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

जसमा अहिलेका चर्चित गायक / गायिका राजन राज सिवाकोटी र मेलिना राईको स्वर समाबेश रहेको छ । गितमा राजनराज सिवाकोटीले नै संगीत भरेका छन् । देबेश राईको संगीत संयोजन रहेको गितमा किशोर थापाले गितको ध्वनि सम्पादन गरेका छन् । अभेश मुनि बज्राचार्यले खिचेको भिडियोमा केबिका खत्रीको कोरियोग्राफी रहेको छ । राजु जंग बस्नेतले सम्पादन र निर्देशन गरेको भिडियोमा रमेश बिश्वकर्मा, करिश्मा केसी लगायतले अभिनय गरेका छन् । यस गितको अफिसियल म्युजिक भिडियो बिनोद सुबेदीको अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरिएको हो । 

गितकार सुबेदीका यसअघि पनि , प्रमोद खरेलको मन मेरो तिम्रो घर , राजेश पायल राई र बबिना किरातीको चोखो माया, प्रताप दाश र रोजिना बस्नेतको त्यो रातो घुम्टो जस्ता गितहरु सार्बजनिक भईसकेका छन् ।