२७ बैशाख, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकार र प्रतिपक्षबीच न्युनतम बुझाइको जरुरी रहेको बताएका छन् ।
आज सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौति र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अनावश्यक भ्रम फैल्याउनुले राजावादीहरुका लागि सहयोगी बनेको उनको आरोप छ । उनले सरकारले व्यापार प्रवद्र्धन, व्यापार र उद्योग व्यवसायलाई उत्थान गर्नको लागि अध्यादेश ल्याउँदा बिरोध भएको बताए । राम्रा कुराहरुको बिरोध गरेर अहिलेको प्रणाली अघि बढाउन नसकिने बताए ।
मन्त्री चौरसियाले लोकतन्त्रको बिरुद्धमा उठ्ने आवाजलाई सबै मिलेर आफ्नो तहबाट जवाफ दिनुपर्ने बताए ।