२७ बैशाख, काठमाडाैं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकार र प्रतिपक्षबीच न्युनतम साझा बुझाइको जरुरी रहेको बताएका छन् ।
शनिबार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौती र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनावश्यक भ्रम फैल्याउनुले राजावादीहरूका लागि सहयोगी बनेको उनको भनाइ छ ।
सरकारले व्यापार प्रवर्द्धन, व्यापार र उद्योग व्यवसायलाई उत्थान गर्नको लागि अध्यादेश ल्याउँदा विरोध भएको उल्लेख गर्दै उनले राम्रा कुराहरूको विरोध गरेर अहिलेको प्रणाली अघि बढाउन नसकिने बताए ।