|  

उपसभामुख राना बंगालादेश प्रस्थान

२७ बैशाख, काठमाडौं । उपसभामुख इन्दिरा राना मगर ६ दिने भ्रमणका लागि बंगालादेश प्रस्थान गरेकी छन् ।

बंगालादेशको राजधानी ढाकामा हुने पत्रकार महिलाको सम्मेलनमा सहभागिताका लागि उपसभामुख राना बंगालादेशको राजधानी ढाका प्रस्थान गरेकी हुन् । इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालले बंगलादेशस्थित नेपाली दूतावास र संयुक्त परिषद् संगको सहकार्यमा  वैशाख २८ मा आयोजना गरेको कार्यक्रममा उपसभामुख रानाले प्रमुख बक्ताको रुपमा सम्बोधन गर्नेछन ।

उनले कार्यक्रममा पछिल्लो समयमा मिडियाका क्षेत्रका देखि साझा समस्या र चुनौती, सामाजिक तथा सांस्कृतिक दृष्टिकोण र दक्षिण एसियाभरि जिम्मेवार पत्रकारितामा महिलाको निर्णायक भूमिकामा केन्द्रित रहेर संशोधन गर्ने कार्यक्रम छ । उपसभामुख राना जेठ १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।