|  

पाकिस्तानी सेना प्रमुख र अमेरिकी कूटनीतिज्ञबीच फोनवार्ता, के-के भयो कुराकानी ?  

२७ बैशाख, काठमाडाैं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबार पाकिस्तानी सेना प्रमुख असिम मुनीरसँग फोनवार्ता गरेका छन् ।

रुबियोले भारत पाकिस्तान द्वन्द्वमा अमेरिकाले मध्यस्थताको सहयोग गर्ने प्रस्ताव गरेका छन् । रुबियोले दुवै पक्षलाई तनाव कम गर्ने उपायहरू खोज्न आग्रह गरेका छन् ।

उनले फोनमा भने,‘भविष्यमा हुने द्वन्द्वबाट बच्न रचनात्मक वार्ता सुरु गर्न अमेरिकाको सहयोग गर्न चाहन्छ।’