२७ बैशाख, काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले आईपीओ जारी गर्दैछ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आउँदो जेठ ६ गतेबाट आईपीओ निष्कासन गर्ने भएको हो । नेपाल धितोपत्र बोर्डबाट विकास हाइड्रोपावरले जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशतले हुन आउने ४४ करोड ५४ लाख ५९६ कित्ता आइपीओ जारी गर्ने अनुमति पाएको छ । कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीयका लागि र सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने १० प्रतिशतले हुन आउने ३ लाख ५४ हजार ५५० कित्ता सेयर बिक्री खुला गर्नेछ ।
आयोजना प्रभावितलाई छुट्याइएको कुल कित्तामध्ये अति प्रभावित क्षेत्र गोरखाको धार्चे गाउँपालिका वडा नं.४ र ५ बासिन्दालाई ४० प्रतिशत र प्रभावित क्षेत्रका धार्चे वडा नं. १, २, ३, ६ र ६ का बासिन्दालाई ६० प्रतिशत छुट्याइएको छ । स्थानीयले कम्पनीको गोरखास्थित कार्यालय, प्रभु क्यापिटलको काठमाडौंस्थित कार्यालय तथा क्यापिटलले निर्माण गरेको अनलाइनमार्फत र धार्चेस्थित हिमालयन बैंकको शाखा तथा आरुघाटस्थित प्रभु बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् ।
स्थानीयले यो आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन । वैदेशिक रोजगारमा रहेका नेपालीले भने जेठ २० गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन । विकास हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।